मेचिनगरका भूमिहिनसँग प्रत्यक्ष भेटघाट गरिन् मन्त्री रावलले,लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिइने

२०८३ कात्तिक १८ गते

मेचिनगरका भूमिहिनसँग प्रत्यक्ष भेटघाट गरिन् मन्त्री रावलले,लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिइने

काठमाडौँ । मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छिन्। 

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन्।

Advertisement:

Ad

भूमिहीन नागरिकका लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले झापा भ्रमणका क्रममा नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताइन्।