मधेस प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

२०८२ साउन ०७ गते

मधेस प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए।

 

Advertisement:

Ad
Ad

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

 

यसअघि मधेस  प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।