नेप्सेमा झिनो सुधारसँगै कारोबार रकम पनि बढ्यो

२०८३ असोज १५ गते

नेप्सेमा झिनो सुधारसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौँ । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक बिहीबार झिनो अंकले बढेको छ। नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको हो।

यस दिन कारोबार रकम पनि सामान्य बढेर ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ पुगेको छ। ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार कित्ता शेयर ५१ हजार ७४५ पटक कारोबार भएका छन्।

Advertisement:

Ad

सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक करिब साढे ९ प्रतिशत र इमर्जिङ नेपाल ७.५ प्रतिशतभन्दा बढी बढे। सयपत्री हाइड्रोपावरको शेयरमूल्य भने ९.६६ प्रतिशत घट्यो।

 

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो। बैंकको ३० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन भएकाले बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो।

१३ उपसमूहमध्ये चार बढ्दा आठ घटेका छन्। व्यापार उपसमूह सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूह स्थिर रह्यो।