कृषि उद्यम केन्द्रले कृषि व्यवसायीको समस्या पहिचान गरि हल गर्ने प्रयास गर्दै

२०८२ साउन ०८ गते

कृषि उद्यम केन्द्रले कृषि व्यवसायीको समस्या पहिचान गरि हल गर्ने प्रयास गर्दै

काठमाडौँ ।  कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान कृषि क्षेत्र तथा कृषि व्यवसायका नितिगत समस्याका सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम कृषि उद्यम केन्द्रका सभापति डि।बि। बस्नेतको सभापतित्व एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

 

Advertisement:

Ad
Ad

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्की, केन्द्र सदस्यहरु रविन पुरी, सरस्वती गुरुङ कृषि उद्योम केन्द्रका संचालक सदस्यहरु प्रल्हाद दाहाल, कृष्णभक्त श्रेष्ठ, मनोज चापागाईं, खोजराज कटुवाल, सुनिता न्हेम्हाफुकी लगायतका कृषि व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा सबै व्यवसायीहरुले आ(आफ्नो क्षेत्रको समस्या राखेको कुरा कृषि उद्यम केन्द्रका संचालक प्रल्हाद दाहालले जानकारी गराए । कृषि क्षेत्रलाई सरकारले पहिलो प्राथमिकताम राख्नु पर्ने कुरा केन्द्र सदस्य रविन पुरीले बताए।यहाँ उठेका कुरा कृषि उद्यम केन्द्रले अध्ययन गरि सम्बन्धित निकायमा लबिङ गर्ने कुरा उपसभापति राजकुमार कार्कीले बताए । प्रमुख अतिथि उपाध्यक्ष हेमराज ढकालले आज उठेका सबै किसिमका समस्यामा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीरता साथ लिने र यसमा लागि पर्ने कुरा बताए भने यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा कृषि उद्यम केन्द्रलाई धन्यवाद दिएका थिए । 

 

कार्यक्रमका सभापति एवं कृषि उद्यम केन्द्रका सभापति डि। बि। बस्नेतले छलफल कार्यक्रमबाट आएका समस्याहरुले कृषि उद्यम केन्द्रलाई सरकारसँग कुरा राख्न आवश्यक गम्भीर विषय बस्तु उपलब्ध भएको कुरा बताए भने उठेका समस्याहरु हल गर्न कृषि उद्यम केन्द्र सधैं लाग्ने कुराको प्रतिबद्धता ब्यक्त गरे ।