२०८२ साउन ०९ गते
काठमाडौं । इरानको जेलमा रहेका पाँच जना नेपाली स्वदेश फर्केका छन् । परराष्ट्रमन्त्री आरजु राण देउवाले मन्त्रालयको पहलमा उनीहरुलाई फर्काइएको जानकारी दिएकी छिन् ।
अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो) उनीहरू काठमाडौं आएका हुन् ।इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमशस् सहज हुँदै गएको छ ।
ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।
प्रतिक्रिया