२०८३ असोज १५ गते
काठमाडौं । एनआईसी एसिया बैंकले प्रयोगमा रहेको चारपांग्रे सवारीसाधन लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले ‘जस्तो अवस्थामा छ, सोही अवस्थामा’ (As is where is) आधारमा सवारीसाधन खरिदका लागि इच्छुक व्यक्ति, फर्म तथा कम्पनीबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो।
बैंकका अनुसार लिलामीमा सन् २०१८ मोडलको टोयोटा फर्च्युनर न्ग्ल्ज्ञछटच् रहेको छ। इच्छुकले बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयको तेस्रो तल्लामा रहेको सामान्य प्रशासन विभागबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्।
बोलपत्र कागजातका लागि ५ हजार गैरफिर्ता हुने दस्तुर बुझाउनुपर्नेछ। त्यस्तै, बोलपत्रदाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत बराबरको बिड डिपोजिट तीन महिनाका लागि मान्य हुने गरी पेश गर्नुपर्ने बैंकले जनाएको छ।
सवारीसाधन थापाथलीस्थित ट्रेड टावरमा कार्यालय समयभित्र निरीक्षण गर्न सकिनेछ। सिलबन्दी बोलपत्र २०८३ असोज १५ गते ९१५ अक्टोबर २०२६० कार्यालय समयभित्र बैंकको सामान्य प्रशासन विभागमा बुझाइसक्नुपर्नेछ।
बोलपत्र खोल्ने मिति भने आवेदनकर्तालाई इमेलमार्फत जानकारी गराइने बैंकले जनाएको छ।
प्रतिक्रिया