सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,कति दिँदैछ डिभिडेन्ड ?

२०८३ असोज १५ गते

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,कति दिँदैछ डिभिडेन्ड ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।

 

Advertisement:

Ad

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले असोज २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८।२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन् ।