'मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो'
संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ ।
बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा परेको बताए । उनले भने, ‘हामीले कानुन त बनायौं, तर कार्यान्वयन पक्षमा चुनौति देखिन्छ । महिला दिदीबहिनीहरूलाई अन्य मुलुकमा अनैतिक रूपमा ओसारपोसार गरी बेचबिखन गर्ने कार्य अझै रोकिएको छैन ।’
२०८२ असार १९ गते