इँटाभट्टामा बुवालाई सघाउँदै पढेर ४ जीपीए ल्याउने गोमालाई मीनबहादुरले दिए ल्यापटप र १ लाख

२०८२ असार १९ गते

इँटाभट्टामा बुवालाई सघाउँदै पढेर ४ जीपीए ल्याउने गोमालाई मीनबहादुरले दिए ल्यापटप र १ लाख

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गरीबी र अभावकाबीच एसईईमा राम्रो नतिजा ल्याउन सफल गोमा श्रेष्ठको उच्च शिक्षामा सघाउने भएका छन् ।

 

Advertisement:

Ad
Ad

गुरुङले गोमालाई आफ्नै कार्यकक्षमा बोलाई डाक्टर पढ्ने सपना पूरा गरिदिने प्रतिबद्धता पनि जनाएका छन् ।उनले गोमालाई एक थान ल्यापटप र एक लाख रुपैयाँको चेक हस्तान्तरणसमेत गरे । चेक पाएपछि गोमाले झन् मिहिनेतका साथ उच्च शिक्षा पढ्ने बताइन् । उनले गुरुङजस्ता व्यक्ति भए आफूजस्ता कमजोर वर्गलाई निकै सजिलो हुने पनि बताइन् ।


इँटाभट्टामा बुवालाई सघाउँदै माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएपछि अहिले गोमाको चौतर्फी तारिफ भइरहेको छ ।