यता दुई जनाको मृत्यु, उता अदालतले भन्यो फेल हुने सबैलाई परीक्षामा सहभागी गराउ

२०८० पुस १३ गते

यता दुई जनाको मृत्यु, उता अदालतले भन्यो फेल हुने सबैलाई परीक्षामा सहभागी गराउ

काठमाडौँ । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । ईपीएस कोरिया भाषा परीक्षाको सिप बिल्डिङ(पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएका मध्ये १८ जना परीक्षार्थीले मात्र उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरि यसअघि आदेश भएपछि पुन रिट दायर भएको थियो ।

"निवेदकहरुलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदनहरुलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरु लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्कयत्हरुलाई उल्लेखित मिति २०८०/८/१९ को सूचना बमोजिम ९र२ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फारम भर्न दिनु दिलाउनु भनि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ’ आदेशमा भनिएको छ ।

Advertisement:

Ad
Ad

फारम भर्न नपाएकाले आज ललितपुरको बालकुमारीमा बिरोध प्रदर्शनसमेत गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा आगजनी गरेका थिए भने प्रहरीसँगको झडपमा दुई प्रदर्शनकारीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि सिप बिल्डिङमा अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा फारम भर्न नपाउने ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश गरेको थियो । तर रिट दायर गर्ने १८ जनाले मात्र ईपीएस कोरिया भाषाका लागि आवेदन दिन पाउने गरि आदेश गरेको थियो ।

उत्पादनमूलक क्षेत्रमा १८ जनाले भने आज फारम भरिसकेका छन् । सिप बिल्डिङमा करिब ३० हजार परीक्षार्थी अनुत्तीर्ण छन् ।