२०८१ चैत २६ गते
काठमाडौँ। विन नेपाल लघुवित्तको एफपीओको आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत चैत्र २१ गते जारी गरेको ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ बिक्री गरेको हो । जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२.५ कित्ता शेयर बिक्री खुला गरेको छ । विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
लगानीकर्ताले यस एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया