विद्यमान संस्थापकले मात्र खरीद गर्न पाउने गरी तीन कम्पनीले विक्रीमा ल्याए संस्थापक शेयर

२०८१ भदौ ०७ गते

विद्यमान संस्थापकले मात्र खरीद गर्न पाउने गरी तीन कम्पनीले विक्रीमा ल्याए संस्थापक शेयर

काठमाडौं । शुक्रवार तीन कम्पनीहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ लाख ५८ हजार ६६४ कित्ता , प्रोग्रेसिभ फाइनान्स लिमिटेडले १ लाख २२ हजार ५३६ कित्ता र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ३०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन ।

कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएका हुन । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयहरूमा आवेदन पेश गर्नुपर्नेछ । प्रोग्रेसिभ फाइनान्सको केन्द्रिय कार्यालय तिनकुने, काठमाडौंमा , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा र विजय लघुवित्तको केन्द्रिय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीहरूले दिएका छन् ।

Advertisement:

Ad
Ad