उर्जा मन्त्रीलाई कुलमानको जवाफ, मलाई स्पष्टिकरण सोध्ने अधिकार उर्जा मन्त्रालयलाई छैन (स्पष्टिकरण पत्रसहित)

२०८१ फागुन १५ गते

उर्जा मन्त्रीलाई कुलमानको जवाफ, मलाई स्पष्टिकरण सोध्ने अधिकार उर्जा मन्त्रालयलाई छैन (स्पष्टिकरण पत्रसहित)

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेस गरेका छन् । घिसिङले मन्त्रिपरिषद्को निर्णय अनुसार विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ बमोजिम ४ वर्षको निम्ति नियुक्त भएकाले सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐनको दफा नेपाल सरकारको कार्य सञ्चालन नियमावलीको नियम विपरित भएको जिकिर गरेका छन् ।

बिहीबार ऊर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाउँदै घिसिङले पुनः स्पष्टीकरण माग्नु कानुन र न्यायको सिद्धान्त विपरीत भएको जिकिर गरेका हुन। मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले कुलमानसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले बिहीबार उनले जवाफ पेस गरेका हुन् ।

Advertisement:

Ad
Ad

प्रबन्ध निर्देशक घिसिङले ऊर्जा मन्त्रालयलाई आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको प्रष्टीकरण दिएका छन् ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/02/२४-घन्टे-स्पष्टिकरणको-जवाफ-1.pdf" title="२४-घन्टे-स्पष्टिकरणको-जवाफ (1)"]