तोकिएको समयभित्र ब्याजदर अन्तर सीमामा नल्याए बैंकका सञ्चालक र सीईओमाथि कारबाही हुने

२०८० असोज १९ गते

तोकिएको समयभित्र ब्याजदर अन्तर सीमामा नल्याए बैंकका सञ्चालक र सीईओमाथि कारबाही हुने

काठमाण्डौ । तोकिएको समयभित्र ब्याजदर अन्तर सीमामा नल्याए बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि कारबाही हुने भएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्ममा सीमाभित्र ल्याउनुपर्ने छ।

Advertisement:

Ad
Ad

तोकिएको समयभित्र ब्याजदर अन्तर सीमामा नल्याएको अवस्थामा ब्याजदर अन्तरको सीमा उल्लंघन गर्ने संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कारबाही हुने व्यवस्था गरिएको छ।