राज्यको ढुकुटीमा बढ्दो चापः कर्मचारी सुविधा र भ्रमण खर्चमा अर्बौं बजेट

२०८३ जेठ २१ गते

राज्यको ढुकुटीमा बढ्दो चापः कर्मचारी सुविधा र भ्रमण खर्चमा अर्बौं बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारी कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता र विभिन्न सुविधा शीर्षकमा २ खर्ब ३६ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Advertisement:

Ad
Ad

यसअन्तर्गत मासिक तलब, खाद्यान्न, पोशाक, उपचार, महंगी भत्ता लगायतका सुविधा समेटिएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक बजेटमा यही शीर्षकमा १ खर्ब ८० अर्ब १४ करोड ४५ लाख रुपैयाँ छुट्याइएको थियो ।

आगामी वर्षका लागि विनियोजन गरिएको रकम अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढी हो । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले ले यसपटक सरकारी कर्मचारीको तलब तथा सेवा–सुविधामा करिब २१ प्रतिशत वृद्धि गरेका छन् । बढ्दो तलब–सुविधासँगै राज्यको खर्च दायित्व थप बढ्ने देखिएको छ ।

सरकारले कर्मचारीलाई महंगी भत्तावापत १५ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ भने वैदेशिक भ्रमण तथा भत्ताका लागि १ अर्ब २३ करोड ७४ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी, कर्मचारी बैठक भत्ताका लागि १७ करोड १३ लाख रुपैयाँ, प्रोत्साहन तथा पुरस्कार शीर्षकमा ५० करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ । पदाधिकारीको बैठक भत्ताका लागि १० करोड ७२ लाख रुपैयाँ तथा अन्य सुविधा शीर्षकमा ५२ करोड ८८ लाख रुपैयाँ राखिएको छ ।

तलब तथा सेवा–सुविधाबाहेक सामाजिक सुरक्षा शीर्षकमा समेत ५ अर्ब २८ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको सरकारले जनाएको छ । राज्यको ढुकुटीमा बढ्दो चापः कर्मचारी सुविधा र भ्रमण खर्चमा अर्बौं बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारी कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता र विभिन्न सुविधा शीर्षकमा २ खर्ब ३६ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ । यसअन्तर्गत मासिक तलब, खाद्यान्न, पोशाक, उपचार, महंगी भत्ता लगायतका सुविधा समेटिएका छन् ।

चालु आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक बजेटमा यही शीर्षकमा १ खर्ब ८० अर्ब १४ करोड ४५ लाख रुपैयाँ छुट्याइएको थियो । आगामी वर्षका लागि विनियोजन गरिएको रकम अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढी हो । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले ले यसपटक सरकारी कर्मचारीको तलब तथा सेवा–सुविधामा करिब २१ प्रतिशत वृद्धि गरेका छन् । बढ्दो तलब–सुविधासँगै राज्यको खर्च दायित्व थप बढ्ने देखिएको छ ।

सरकारले कर्मचारीलाई महंगी भत्तावापत १५ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ भने वैदेशिक भ्रमण तथा भत्ताका लागि १ अर्ब २३ करोड ७४ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी, कर्मचारी बैठक भत्ताका लागि १७ करोड १३ लाख रुपैयाँ, प्रोत्साहन तथा पुरस्कार शीर्षकमा ५० करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ । पदाधिकारीको बैठक भत्ताका लागि १० करोड ७२ लाख रुपैयाँ तथा अन्य सुविधा शीर्षकमा ५२ करोड ८८ लाख रुपैयाँ राखिएको छ ।

तलब तथा सेवा–सुविधाबाहेक सामाजिक सुरक्षा शीर्षकमा समेत ५ अर्ब २८ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको सरकारले जनाएको छ ।

कुन शिर्षकमा कति बजेट ?