२०८३ जेठ २१ गते
काठमाडौँ । सरकारले भैपरी आउने चालु तथा पूँजीगत खर्चमा व्यापक बढोत्तरी गरेको छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ मा भैपरी आउने चालु खर्चका लागि २२ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ ।
चालु वर्ष यस्तो बजेट १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको थियो । यसलाई आधार मानदा आगामी वर्षका लागि यस्तो बजेट १६२७.६७ प्रतिशतले बढोत्तरी भएको हो । जबकी गत आव (२०८१/०८२) १ करोड रुपैयाँ मात्र खर्ब भएको थियो ।
यस्तै भैपरी आउने पूँजीगत खर्चका लागि १७ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । यस्तो बजेट चालु आव २०८२/०८३ मा ६८ करोड १५ लाख खर्च हुने संसोधित अनुमान गरिएको छ ।
चालु वा पुँजीगत बजेटमा अनुमान गर्न नसकिएका वा अकस्मात् आइलाग्ने समस्या समाधान गर्न अर्थ मन्त्रालयले छुट्टै बजेट राख्ने गरेको छ । भैपरी आउने खर्च चाहिँ सरकारले कुनै पनि आकस्मिक वा अप्रत्याशित विपद् (जस्तै बाढी, भूकम्प) वा तत्काल आइपर्ने विशेष कामहरूका लागि छुट्याउने आकस्मिक बजेट हो ।
प्रतिक्रिया