तीन महिनाभित्रै कसरी सुध्रियो बैंकहरुको पुँजीकोष, पुँजीकोषमा कुन बैंकलाई कति सहज ?

२०८१ भदौ २० गते

तीन महिनाभित्रै कसरी सुध्रियो बैंकहरुको पुँजीकोष, पुँजीकोषमा कुन बैंकलाई कति सहज ?

काठमाडौँ । तीन महिना अघिसम्म अधिकांश बैंकहरुको टाउको दुखाइको विषय बनेको पुँजीकोषमा चमत्कारिक सुधार देखिएको छ । तीन महिना अघिसम्म करिब आधा दर्जन बाणिज्य बैंक पुँजीकोषको सकसमा थिए । तर तिन महिनापछि उनीमध्ये अधिकांशको पुँजीकोषको सकस टरेको छ । यद्यपि, अझै २ वटा बैंकले तीन महिनापछि पनि आफ्नो पुँजीकोष सुधार्न सकेनन ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात (कोर क्यापिटल टु टोटल रिक्स वेटेज एक्सपोजर) कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ । यस आधारमा पछिल्लो त्रैमासमा (असारमसान्तमा ) एनआइशि एशियाले मात्र तोकिएको पुँजीकोष पुर्याउँन सकेको छैन । यस बैंकको अघिल्लो त्रैमासमा पनि पुँजीकोष कम थियो । अघिल्लो त्रैमासमा ८.२५ प्रतिशत प्राथमिक पुँजी अनुपात भएको एनआइशीले असारमसान्त सम्म झिनो सुधार गरेपनि नियामकको बोर्डर लाइन भन्दा तल छ ।

Advertisement:

Ad
Ad

सामान्यतया यस्तो पुँजीकोष ९ प्रतिशत भन्दा माथि हुनुलाई कम्र्फट जोन मानिन्छ । यता कुमारी बैंकको पनि ८.५६ प्रतिशत प्राथमिक पुँजी अनुपात रहेको छ । यसको पुँजी अनुपात नियामकले तोकिएकै लाइनमा रहेपनि अघिल्लो त्रैमासमा (चैतमसान्तसम्म) ८.०३ प्रतिशत थियो ।पुँजीकोषको सकसमा रहेको हिमालयन बैंक, माछापुछ्रे बैंक र प्रभु बैंकले यो त्रैमासमा पुँजीकोषमा सुधार गरेका छन् । तर प्रभुको दोस्रो त्रैमासमा (पुसमसान्त) पुँजीकोष नियामकीय बोर्डर लाइनभन्दा तल थियो । प्रभु बैंकको गत पुसमा यस्तो अनुपात ८.१२ प्रतिशत थियो ।

कुनै एक त्रैमासमा मात्र पनि नियामकीय बोर्डरलाइन तल जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात भए उक्त आर्थिक बर्षको लाभांश वित्तरण गर्न नपाउँने व्यवस्था छ । यसकारण गत आर्थिक वर्षको नाफा बाट एनआइशी एशिया बैंक, कुमारी बैंक र प्रभु बैंकले लाभांश वित्तरण गर्न पाउँने छैनन । जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात समेत जोडिने कुल पुँजी कोष अनुपातमा समेत दबाबमा रहेको केही बैंकहरुले सुधार गरेका छन् । अझै तीन वटा बैंक यस्तो पुँजीकोषको दबाबमा छन् । कुल पुँजी कोष अनुपात कम्तीमा ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । यस्तो अनुपात १२ प्रतिशत माथि भए कम्फर्ट मानिन्छ । नेपाल बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल पुँजीकोष अघिल्लो त्रैमासको तुलनामा बढेको छ । राष्ट्रिय बाणिज्य बैंक, एनआइशी एशिया बैंक र प्राइम कमर्सियल बैंकको कुल पुँजीकोष १२ प्रतिशत भन्दा तल छ ।

कुन बैंकको पुँजीकोषको अवस्था कस्तो छ ?

बैंक जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात (असार मसान्त)

नेपाल बैंक १०.९५ १३.६२ १०.३८ १३.०९ राष्ट्रिय बाािण्ज्य बैंक १०.२१ ११.९१ १०.४३ १२.३३ कृषि विकास बैंक ११.७८ १३.४४ ११.३६ १३.०३ नबिल बैंक ९.६४ १२.४१ ९.१० १२.०१ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १०.८४ १३.६७ १०.३५ १३.२७ स्ट्याण्डर्ड चार्टड बैंक १४.३६ १७.१६ १३.९६ १६.७६ हिमालयन बैंक ९.०४ १२.०४ ८.८६ ११.८६ नेपाल एसबिआइ बैंक १०.१० १३.२८ १० १३.२२ एभरेष्ट बैंक १०.८७ १२.६१ १०.४६ १२.३७ एनआइशी एशिया बैंक ८.४४ ११.१८ ८.२५ ११.२९ माछापुछ्र्र्रे बैंक ९.३५ १३.८३ ८.८० १३.२८ कुमारी बैंक ८.५६ १२.२६ ८.०३ ११.७२ लक्ष्मी सनराइज बैंक १०.२७ १३.११ ९.४८ १२.४७ सिद्धार्थ बैंक ९.६५ १२.१५ ९.२३ ११.७३ ग्लोबल आइएमइ बैंक १०.४४ १२.५३ ९.९३ १२.०१ सिटिजन्स बैंक ९.२७ १३.१३ ९.१५ १३.०४ प्राइम कमर्सियल १०.७७ ११.९० १०.५४ ११.६७ एनएमबी बैंक ९.७० १२.८२ ९.६८ १२.८३ प्रभु बैंक ९.८९ १३.५५ ८.८५ १२.५४ सानिमा बैंक १०.२२ १३.६६ ९.८९ १३.५१ स्रोत ः नेपाल राष्ट्र बैंक