स्वावलम्बन लघुवित्तको ४४ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला

२०८१ कात्तिक २१ गते

स्वावलम्बन लघुवित्तको ४४ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । संस्थाले ४४ हजार १४३ कित्ता संस्थापक शेयर कात्तिक २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

कम्पनीले मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ५६७ रुपैयाँ मूल्य अंकित गरिएको यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था छ । मंसिर ५ गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्नुपर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन मंसिर ६ गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने यी शेयर संस्थापक समूहमै रहने जानकारी समेत कम्पनीले दिएको छ ।