२०८२ चैत ०५ गते
बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घट्दा, चाँदी पनि तोलामा १४० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बुधबार ३ लाख ७ हजार ७०० रुपैयाँ थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य लगातार घट्दो क्रममा देखिएको छ।
उता, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ५ हजार १० रुपैयाँमा झरेको छ। बुधबार भने चाँदी ५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया