सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

२०८१ माघ ०८ गते

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ।

मङ्गलबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबारको छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।