सुनको मूल्यमा दैनिक बढोत्तरी, तोलाकै एक लाख ७१ हजार नाघ्यो

२०८१ फागुन १३ गते

सुनको मूल्यमा दैनिक बढोत्तरी, तोलाकै एक लाख ७१ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

विश्व भूराजनीतिक अदलबदल, लगानी सुरक्षा, मुद्रास्फिती जस्ता कारणले र्दा लगानीकर्ताहरुले सुनमा लगानी बढाउन चाहेको कारण सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement:

Ad
Ad

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ। सुनको मूल्य बढ्ने आधार कायम रहेका कारण सुनचाँदीको मूल्यमा थप वृद्धि आउने महासंघले जनाएको छ ।