सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

२०८१ भदौ ३१ गते

सुनको मूल्यले फेरी बनायो नयाँ  रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्यले निरन्तर तीन बढेर फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

Advertisement:

Ad
Ad

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु. एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय १५ निर्धारण भएको छ ।