सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०८१ मंसिर १८ गते

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। मंगलबार फेरी स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज एकै दिन सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

त्यस्तै, मंगलबारन चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी यस दिन प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।