सुनको मूल्य एकै दिन २२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ फागुन १६ गते

सुनको मूल्य एकै दिन २२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।  यस दिन चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement:

Ad
Ad