२०८१ कात्तिक २० गते
काठमाडौ । सुनको भाउ आज एकै दिन २ हजार ८ सय प्रतितोलाका दरले घटेको छ । लगातार सुनको मूल्य बृद्धि भएर ऐतिहासिक रेकर्ड बनाइरहेका बेला आज एकै दिन २ हजार ८ सय रुपैयाँले तल झरेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ ।
यसअघि, कात्तिक १५ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम रहेको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै चाँदी पनि यसअघि कात्तिक १५ गते चाँदीको भाउ प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया