शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

२०८१ फागुन १३ गते

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा मंगलबार काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर तिर्नका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

Advertisement:

Ad
Ad

साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले आगामी आर्थिक वर्षमा दुई डिजिटमा लाभांश वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।