सिबिफिनको अध्यक्ष बने उपेन्द्र पौडेल, कार्यसमितिमा अरु को- को आए ?

२०८१ पुस २२ गते

सिबिफिनको अध्यक्ष बने उपेन्द्र पौडेल, कार्यसमितिमा अरु को- को आए ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । सिबिफिनको विधानानुसार वाणिज्य बैंकको तर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीको तर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव, एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव, गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष र कार्यकारी सदस्यहरुमा प्रभु बैकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका संचालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंक लि.का अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका संचालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन निर्वाचित भएका छन् ।

Advertisement:

Ad
Ad

“उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको उद्घाटन गरेका थिए । मन्त्री भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामिण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । त्