शेयरबजार लगानीकर्ता भन्छन् -"अझै अर्को करेक्शन आउँछ तर बजार बढ्ने नै हो"

२०८१ भदौ ०९ गते

शेयरबजार लगानीकर्ता भन्छन् -"अझै अर्को करेक्शन आउँछ तर बजार बढ्ने नै हो"

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक झण्डै ८० अंकले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७ बिन्दुमा बन्द हुन पुग्यो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.६८ प्रतिशतले घटेको छ ।

लगातार बजार बढिरहने अपेक्षा विपरित एकैपटक ठूलो अंकको नेप्से गिरावटलाई लिएर केही लगानीकर्ता आत्तिएपनि आजको बजारलाई हेरेर अझ अर्को यस्तै करेक्शन आउने अनुमान गरिएको छ । यद्यपि उक्त करेक्शनपछि बजार फेरी केही समय बढ्दै जाने शेयर बजारका जानकारहरुले प्रतिक्रिया दिएका छन् । शेयर बजार लगानीकर्ता दुर्गा तिवारी अर्को एउटा करेक्शन यस्तै ठूलो आउने तर बजार बढ्दै जाने बताउँछिन् । "लगानीकर्ताले धैयर्ता लिन सक्नुपर्छ, बजार त बढ्ने नै हो अहिले करेक्शन आयो भनेर आत्तिईहाल्ने होइन,"उनले भनिन् ।

Advertisement:

Ad
Ad

आइतबारको बजारलाई हेर्दा लगातार बढेको बजारमा कतिपय लगानीकर्ता प्रोफिट बुक गर्ने र चाडपर्व नजिकिँदै गर्दा पैसा निकाल्न खोज्नेका कारण पनि आजको बजार घट्न पुगेको जानकार बताउँछन् ।

बजारका अर्का लगानीकर्ता बालकृष्ण घिमिरे असार १७ गतेदेखि बढ्न सुरु गरेको बजार साउन ३१ गतेसम्म निरन्तर उकालो लागिरहेको र  लगानी खन्याइरहेकाहरुले थोरै नाफा बुक गर्न खोज्दा बजार घटेको तर्क गर्छन् । असार १७ गते २०३७ बिन्दुमा रहेको नेप्से साउन ३१ गते सम्म आइपुग्दा २हजार ९ सय उनान्असी बिन्दुसम्म लगातार बढिरह्यो । त्यसयता आएको करेक्शन सामान्य मान्नुपर्ने उनको भनाई छ ।