शेयर बजारमा ठूलो अंकको वृद्धि, नेप्से परिसूचक २६ सय विन्दु माथि

२०८१ पुस २२ गते

शेयर बजारमा ठूलो अंकको वृद्धि, नेप्से परिसूचक २६ सय विन्दु माथि

काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से भारी अंकले बढेको छ। आज नेप्से परिसूचक ४९ . १२ विन्दुले बढेर २६४०.६८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.८९ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । सोमबार सर्वाधिक बढ्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । त्यस्तै सबै भन्दा कम बढ्ने उपसमूहमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक ० . ४६ प्रतिशतले बढेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढेसंगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ८६ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार पाँच सय ४० पटकको कारोबारमा छ अर्ब ३० करोड बराबरको किनबेच भएको छ । जसमा २२६ कम्पनीका शेयर बढेका छन् भने १२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी चार कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा उपकार लघुवित्त, सामुदायिक लघुवित्त रह्यो जसको शेयर समान दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एन आर एन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रह्यो जसको २९ करोड नौ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज फर्स्ट म्युचुवल फण्ड रह्यो जसको दश लाख ०५ हजार कित्ता शेयर किनबेच भएको छ।