शेयर बजारमा ठूलो अंकको गिरावट, १९ अर्ब बढीको कारोबार

२०८१ भदौ ०९ गते

शेयर बजारमा ठूलो अंकको गिरावट, १९ अर्ब बढीको कारोबार

काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन धितोपत्र बजारमा शेयरमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७मा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.६८ प्रतिशतले घटेको छ ।

यस दिन नेप्सेका १३ उपसमूहमध्ये एक मात्र उपसमूह बढेको छ भने अन्य सबै उपसमूह घटेका छन् । आइतबार एक मात्र बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.११ प्रतिशतले बढेको छ। यस दिन सबै भन्दा बढी घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.९८ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन १९ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३३ वटा स्टकको दुई लाख १८ हजार पटकको कारोबारमा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ४ करोड २६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ६० वटा कम्पनी बढेका छन् भने १८४ वटा कम्पनी घटेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मन्दाकिनी हाइड्रोपावर रह्यो जसको शेयरमा ९.९१ प्रतिशतको गिरावट आएको छ ।

आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा अपि पावर रह्यो जसको ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जस्को २२ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ ।