सेयर बजारमा पुनः उत्साह, ११४.७० विन्दुले बढ्यो नेप्से

२०८१ असोज १५ गते

सेयर बजारमा पुनः उत्साह, ११४.७० विन्दुले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा पुनः उत्साह देखिन थालेको छ । मंगलबार सेयर बजार  सूचक ११४.७० विन्दुले बढेर २६२३.५६ अंकमा आएको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से र कारोबार रकम दुवै बढेकाले थप आशावादी बनाएको छ । २७ कम्पनी सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा तेजी आएको छ । यो समूहको सूचक ९.७४ प्रतिशतले बढेको छ ।

Advertisement:

Ad
Ad

बजारले करेक्सन चरण सकिएको संकेत गरेको छ । करेक्सन चरण सकिएमा नेप्सेले अब नयाँ ढंगले गति समाउन सक्ने देखिन्छ । समग्रमा बजार बुल रनमा रहेको विश्वास गरिएको छ । बुल रनमा रहँदा घट्नेभन्दा बढ्ने प्रवृत्ति नै बढी हुन्छ । यस्तो बेला आम लगानीकर्तामा उत्साह बढी नै देखिने गर्छ ।

बजारको फराकिलो वृद्धिका लागि सूचकसँगै कारोबार रकममा पनि क्रमशः तेजी हुँदै जानुपर्छ । यसो हुन सकेमा मात्र बजार दिगो सुधारतर्फ अघि बढ्न सक्छ । कारोबार रकम बढ्दै जाँदा बजारमा आएको आपूर्तिको सहज खपत हुन सक्छ । जसले बजारमा माग पक्षलाई सबल बनाइदिन सक्छ । यसो हुँदा सेयर भाउहरु बढ्न जान्छ ।