२०८१ असोज १६ गते
काठमाडौं । सेयर बजारमा बुधबार करेक्सन आएको छ । आज नेप्से २६.०७ विन्दुले घटेर २५९७.४९ अंकमा आएर अडिएको छ । ६ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
अल्पकालीन कारोबारीहरु हावी हुँदा नेप्से घटेको हो । २ दिन राम्रो अंकले बढेकाले पनि तेस्रो दिनमा भएको करेक्सनलाई स्वभाविक मानिएको छ । बजार घट्दा कारोबार रकम भने सामान्य छ । यद्यपि, अघिल्लो दिनको तुलनामा भने कारोबार केही घटेको छ ।
यस दिन ३१० कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र गुडविल फाइनान्स परेका छन् ।
प्रतिक्रिया