सेयर बजार दोहोरो अंकले घटेर बन्द,सपोर्ट माइक्रो फाइनान्सको सेयरमा भने सकारात्मक सर्किट

२०८१ पुस ०४ गते

सेयर बजार दोहोरो अंकले घटेर बन्द,सपोर्ट माइक्रो फाइनान्सको सेयरमा भने सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से सूचक ३१.४३ विन्दुले घटेर २५९६.८२ अंकमा आएको छ । ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

सूचकसँगै कारोबार रकममा पनि थप गिरावट आएको छ । निरन्तरको घटाईले २७८० को लेबलबाट नेप्से सूचक २५ सयकै तहमा आइसकेको छ ।

Advertisement:

Ad
Ad

यस दिन ३१० कम्पनीको ९८ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६० लाखभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कर्णाली डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स परेका छन् ।