सर्वाधिक कमाउँने टप फाइभ कम्पनी : बिशाल बजार अगाडी, अरु कुन कुन परे ?

२०८१ मंसिर १६ गते

सर्वाधिक कमाउँने टप फाइभ कम्पनी : बिशाल बजार अगाडी, अरु कुन कुन परे ?

काठमाडौ । बिशाल बजार कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । विगत केहि दिनदेखि लगातार सर्वाधिक कमाउँनेको एक नम्बर सुचिमा रहेको बिशाल बजार आज पनि सर्वाधिक कमाउँनेको एक नम्बर सुचिमै परेको छ । विशाल बजारको सेयर मूल्य १० प्रतिशत अर्थात ५४४.५० रुपैयाँले बढेर ५ हजार ९ सय ८९.५० रुपैयाँ पुगेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक पनि सर्वाधिक कमाउँनेकै सुचिमा छ ।

यस बैंकको सेयर मूल्य १६६.५० रुपैयाँले बढेर १ हजार ८३१.५० रुपैयाँ पुगेको छ । अर्को सर्वाधिक कमाउँने कम्पनीमा सिन्धु विकास बैंक परेको छ । यसको सेयर मूल्य आज ९३.७० रुपैयाँले बढेको छ । यो सँगै सिन्धुको सेयर मूल्य १ हजार ३० रुपैयाँ पुगेको छ । चौथो बढी कमाउँनेमा ग्रिन डेभलपमेन्ट बैंक रहेको छ । यसको सेयर मूल्य १ हजार १२८.६० रुपैयाँ पुगेको छ । ग्रिन डेभलपमेन्ट सेयर मूल्य आज एकैदिन १०२.६० रुपैयाँले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १०२ रुपैयाँले बढेर १ हजार १२२ रुपैयाँ पुगेको छ ।

Advertisement:

Ad
Ad

मौद्रिक नीतिको समिक्षा पछि खुलेको आइतबारको कारोबारमा सेयर बजार सामान्य घटेको हो । नेप्से सूचक आज ९.९९ विन्दुले घटेर २७३८.०६ अंकमा अडिएको छ । ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति समिक्षा भनिएपनि त्यसमा कुनै पनि नीतिगत परिवर्तन भएको थिएन । आज ३ सय १४ कम्पनीको १ करोड ६७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।