सरकारले साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई जनही तीन लाख नगद पुरस्कार दिने

२०८१ कात्तिक १५ गते

सरकारले साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई जनही तीन लाख नगद पुरस्कार दिने

काठमाडौं। सरकारले साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो। उक्त टोलीका खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।

Advertisement:

Ad
Ad

यस्तै, मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई लाख पाउने भएका छन्। व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए ।