सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारी लक्ष्य सात वर्षपछि पुरा

२०८१ फागुन ०६ गते

सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारी लक्ष्य सात वर्षपछि  पुरा

काठमाडौ । देशको सबै स्थानीय तहमा बैंक पुगेको छ । गत माघ २८ गते एभरेष्ट बैंकको बझाङ साइपालमा शाखा पुगेसँगै ७५३ स्थानीय तहमै बैकिङ पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारी लक्ष्य पुरा भएको छ । बाणिज्य बैंकको जम्मा शाखा ५ हजार ७८ पुगेको छ । विकास बैंक, वित्त कम्पनी र लघुवित्तको समेत गरी ११ हजार ५४५ शाखा पुगेको छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २ हजार ५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । यबैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको छ ।

देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ प्रणाली निर्माण गर्ने आफुहरुको लक्ष्य पुरा भएको केन्द्रिय बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७५साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्‍याउने घोषणा गरेको थियो । तर सकेको थिएन । यसअघि वाणिज्य बैंकहरुले भौगोलिक विकटताका कारण सबै स्थानीय तहमा बैंकका शाखा पुग्न कठिनाइ भएको बताइरहेका थिए । २०७५असार मसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वाणिज्य बैंकहरु राजी भए पनि भौगोलिक विकटताका कारण सम्भव भएको थिएन ।

Advertisement:

Ad
Ad