रविको भाइरल तस्विरको विषयमा कास्की प्रहरीले मुख खोल्यो, वास्तविकता यस्तो रहेछ

२०८१ पुस ०४ गते

रविको भाइरल तस्विरको विषयमा कास्की प्रहरीले मुख खोल्यो, वास्तविकता यस्तो रहेछ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सामाजिक सञ्जालमा भाइरल बनेको तस्विरबारे कास्की प्रहरीले मुख खोलेको छ । कास्की प्रहरीले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले  सामाजिक संजालहरुमा सम्प्रेषण भएको तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गर्न सबैमा प्रहरीले अपिल गरेको छ। यद्यपि प्रहरीले भाइरल फोटो हिरासतमा रहेका रविको हो कि होइन भन्ने स्पष्ट पारेको छैन ।

Advertisement:

Ad
Ad