रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ

२०८१ पुस ०७ गते

रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका बेला रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार पक्राउ गरेको हो ।

आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

Advertisement:

Ad
Ad