रवि लामिछानेको बयान सकियो, भोली पोखरा पठाइने

२०८१ मंसिर १७ गते

रवि लामिछानेको बयान सकियो, भोली पोखरा पठाइने

काठमाडौँ। जिल्ला प्रहरी परिसर, काठमाडौँबाट सहकारी ठगीमा मुद्दा चलाइएका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

शुक्रवारदेखि लिएको बयान आज तेस्रो दिन सोमबार सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

Advertisement:

Ad
Ad

लामिछानेलाई भोलि पोखरा पठाइने र पोखराबाट फेरि अर्को बयानका लागि चितवन पठाइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज भट्टको भनाई छ । जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ ।

उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ। यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत बयान लिइसकिएको छ।