राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाइ सुनको असर्फी एक थान र चाँदीको सिक्का बिक्री गर्ने

२०८१ कात्तिक १० गते

राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाइ सुनको असर्फी एक थान र चाँदीको सिक्का बिक्री गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले धनतेरसको दिन अर्थात कात्तिक १३ गते एक व्यक्तिलाइ एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने व्यवस्था गरेको छ । धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।

राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै आगामी मंगलबार एक दिनका लागि २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने व्यवस्था गरेको जनाएको हो । मंगलबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिनेछ । सुनको असर्फीको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

यसतै १० तथा २५ ग्रामको चाँदीको सिक्का कात्तिक ११ देखि १४ सम्म सोही समय बिक्री हुनेछ। मूल्य राष्ट्र बैंकले चाँदी सिक्काको मूल्य तौल र डिजाइनअनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ। गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।