२०८१ कात्तिक २५ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदैछ । २१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम उठाउँन लागेको हो । केन्द्रिय बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तिय संस्थाले आज २ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत बोलकबोल गर्न सक्नेछन् । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जानेसम्मको रकम बोलकबोल गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ । यसको साँवा ब्याज भुक्तानी मंसिर १६ गते हुनेछ । यो निक्षेपलाई बैंक तथा वित्तिय संस्थाले धितोको रुपमा समेत प्रयोग गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
प्रतिक्रिया