२०८३ असोज ०५ गते
काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेको कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर ८६ हजार ३२० जना आवेदकलाई आज बाँडफाँड भएको हो।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आईपीओका लागि कुल २३ लाख ५ हजार २३३ जना आवेदकबाट २ करोड ५६ लाख ३१ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो।आवेदनमध्ये ५६ लाख ९४ हजार ७० कित्ता आवेदन अयोग्य ठहरिएका छन्। योग्य आवेदकको संख्या २३ लाख ५ हजार २३३ रहेको छ।
आइपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ । गोलाप्रथाबाट छनोट भएका ८६ हजार ३२० जना आवेदकले प्रतिव्यक्ति १० कित्ता सेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया