उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल

२०८३ असोज २९ गते

उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल

नुवाकोट । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक उद्घाटन नहुँदै सञ्चालनमा आएको छ। दशैंमा घर फर्किने यात्रु र स्थानीयवासीले बिहीबार बिहानैदेखि पुल प्रयोग गर्न थालेका छन्।

निर्माण सम्पन्न भएको पुल आवतजावतका लागि सहज भएपछि यात्रु तथा स्थानीयले प्रयोग गर्न थालेका हुन्। उक्त पुल निर्माण व्यवसायी महासङ्घको लगानीमा निर्माण गरिएको हो।

Advertisement:

Ad

बिहीबार बिहान पुल तर्ने क्रममा केही यात्रुले ‘जय बालेन’ भन्दै यात्रा गरेको दृश्यसमेत देखिएको छ।