राजीनामा दिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ अमेरिका जाँदै

२०८१ असार २१ गते

राजीनामा दिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ अमेरिका जाँदै

काठमाडौं । अल्पमतमा परेको माओवादी सरकारको सिफारिसमा नियुक्ती पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ यतिखेर अमेरिका भ्रमणमा निस्कन लागेका छन् । सरकार ढलेसँगै स्वभाविक रुपमा राजीनामा दिएर बाहिरिनुपर्ने प्रकृतिको पदमा रहेका योजना आयोगका उपाध्यक्ष र सदस्यहरु भने यहीबीचमा अमेरिका भ्रमणमा जाने भएका हुन् ।

अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार प्रस्थान गर्दैछन्। श्रेष्ठसँगै सदस्य संगिता सिंह र सचिव पनि जाने भएका छन्। साउन ३ गतेसम्म चल्ने उक्त फोरममा उनीहरू जाने भएका छन्।

Advertisement:

Ad
Ad

सरकार अल्पमतामा परेको निश्चित भइसकेपछि राजनीतिक प्रतिनिधित्व हुने गरी वैदेशिक भ्रमण स्वीकृत नगर्ने प्रचलन रहेको छ। तर सरकारले उपाध्यक्ष श्रेष्ठमात्र होइन सदस्य रामकुमार फुँयाल पनि अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।

उपाध्यक्षको भ्रमणलाई असार १७ गतेको बैठकले भ्रमण स्वीकृत गरेपनि फुँयालको भ्रमण भने असार २० गते बसेको बैठकले स्वीकृत गरेको हो। अन्तिममा अवसर दिनका लागि जस्तो गरी अनावश्यक जम्बो भ्रमण टोली बनाइएको आयोगका अधिकारीहरूले बताएका छन्।