राहदानी विभागमा परराष्ट्रमन्त्री आरजूको निरीक्षण

२०८१ साउन १६ गते

राहदानी विभागमा परराष्ट्रमन्त्री आरजूको निरीक्षण

काठमाडौं । परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् ।निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

Advertisement:

Ad
Ad

उनले विभागका प्रमुख लगायतसँगको छलफलमा सेवाग्रहीलाई छिटो छरितो र सहज सेवा दिएर पठाउन आग्रह गरेकी छिन् ।