प्रभु बैंकका डेपुटी सीईओ पोखरेलले भिआरएस लिन मानेनन्, आवेदन दिएर निस्कन चाहने को-को छन् ?

२०८१ असोज १६ गते

प्रभु बैंकका डेपुटी सीईओ पोखरेलले भिआरएस लिन मानेनन्, आवेदन दिएर निस्कन चाहने को-को छन् ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले ल्याएको भिआरएस योजनामा बैंकका डेपुटी सीईओ मनिराम पोखरेलले आवेदन नदिएपछि समय एक साता थप गरिएको छ। साथै बैंकले अपेक्षा गरे अनुसारका कर्मचारीको आवेदन नपरेपछि सो अवधी एक सातापछि सारिएको हो।

बैंकको सीईओका दावेदारका रुपमा रहेका पोखरेल भने भिआरएस लिन इच्छुक छैनन्। तर उनलाई केहि समयपछि प्रभु क्यापिटलको सीईओ बनाउने आस्वासनसँगै भिआरएस लिएर बाहिरिन दवाव दिईरहेको स्रोतको भनाई छ। चर्को दवाव आएपछि डेपुटी सीईओ पोखरेल भने मोबाइल बन्द गरेर बसेका छन्।

Advertisement:

Ad
Ad

सेन्चुरी बैंकलाई प्राप्ती गरेपछि बैंकमा भएको ओभरस्टाफिंगको कारण देखाउँदै ल्याएको यस योजनामा करियर बनाउँदै गरेका कर्मचारीहरु भने बैंक छोड्न इच्छुक देखिएका छैनन्। तर बैंक उच्च व्यवस्थापनबाट भिआरएसको विकल्प अघि सारिएको छ ।

यी हुन् बैंक छोड्न लागेका प्रभु बैंकका कर्मचारी-

सिनियर डेपुटी मनोज कुमार न्यौपाने एजीएम राजेश भण्डारी एजीएम दिपेश प्रधान सिनियर म्यानेजर शिव गोपाल रिसाल म्यानेजर दिक्षा श्रेष्ठ म्यानेजर मुकुन्द लामिछाने, म्यानेजर राजेन्द्र तिम्सिना योगेन्द्र मल्ल, सुमन सुवेदी, बज्र मोहन झा, दिपेन्द्र राज भण्डारी प्रवेश शाक्य, आसिस तुलाधार, राज कुमार भारती, प्रशान्त उपाध्याय रहेका छन्। बैंक छोड्नेमा अधिकांश तत्कालिन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी रहेका छन्।