प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने

२०८१ असोज २० गते

प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकले आफ्ना संस्थापक शेयरधनीहरूका लागि विक्री गर्न लागेको शेयरको संख्या खुलाएको छैन । उक्त शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयर बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

बैंकले तोकेको उक्त अवधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।