पाथिभरा केबलकार निर्माण तत्काललाई स्थगित

२०८१ फागुन १२ गते

पाथिभरा केबलकार निर्माण तत्काललाई स्थगित

काठमाडौ । पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ । सरकारी वार्ता समितिले तत्काललाई केबलकार निर्माण स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।

समितिले सोमबार केबलकार निर्माण तत्कालका लागि रोक्दै पुनः वार्ता र संवादका लागि आउन अपिल गरेको छ । यसअघि समितिले फागुन ९ गते आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो ।

Advertisement:

Ad
Ad

सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरिसकेपनि सहमति बन्न सकेको छैन ।