निरन्तर छ दिनको हरियालीसँगै नेप्से परिसूचक २५ सय अंक माथि, कारोबार रकम १४ अर्बभन्दा बढी

२०८१ साउन ०८ गते

निरन्तर छ दिनको हरियालीसँगै नेप्से परिसूचक २५ सय अंक माथि, कारोबार रकम १४ अर्बभन्दा बढी

काठमाडौँ । हिजो झिनो अंकले बढेको नेप्से आज मंगलबार भारि अंकले बढेको छ । यस दिन नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव  व्यहोरेको नेप्से अन्ततः ३.०२ प्रतिशतले बढेको हो ।

Advertisement:

Ad
Ad

आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । मंगलबार सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ५.०६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सबै भन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक १.११ प्रतिशतले मात्र बढेको छ।

आज नेप्से बढेसंगै  कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १३ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१७ वटा स्टकको एक लाख ७१ हजार पटकको कारोबारमा १४ अर्ब ११ करोड रुपैयाँ बराबरको तिन करोड ९७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २२० वटा कम्पनी बढेका छन् भने २० वटा कम्पनी घटेका छन् । त्यसै गरि दुई कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा बोटलर्स नेपाल बालाजु, सम्वृद्धि फाइनान्स, मान्डू हाइड्रोपावर, हाथावे इन्भेस्टमेन्ट नेपाल, साहस उर्जा, नेपाल वेरिंगहाउस कम्पनी र ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड-१ रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा गणपति लघुवित्त रह्यो जसको शेयरमा ५.८३ प्रतिशतको गिरावट आएको छ ।

मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा शिवम सिमेन्ट रह्यो जसको २६ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा नबिल ब्यालेन्स्ड फन्ड-२ रह्यो जसको १६ लाख दुई हजार कित्ता शेयर किनबेच भएको छ ।