२०८१ भदौ ३० गते
काठमाडौं । नेसनल लघुवित्तले आज (भदौ ३० गते) देखि ५३ हजार ९१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रतिक्रिया